LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

कञ्चन गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले १८ औ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै कृषिलाई आधुनिकिकरण तथा व्यवसायीकरण तर्फ उन्मुख गराई कृषकहरुको आयस्तर वृद्धि तथा बजारीकरण गर्न जोड दिएको उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउने गरि कार्यक्रम ल्याएको छ । व्यवसायीक कृषकहरुका लागि तरकारी तथा विभिन्न विउ विजन, मल, सिचाई र यान्त्रिकरण लगायतको प्रविधिमा अनुदानको व्यवस्था गरिएको उल्लेख छ । कार्यक्रममा एक वडा एक बाली पकेट क्षेत्र कार्यक्रमलाई प्रथामिकतामा राखिएको छ ।

त्यसैगरी अध्यक्ष ढकालले नीति तथा कार्यक्रममा कञ्चनका धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण सम्वद्र्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरि पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको बताउनुभयो ।
नीति तथा कार्यक्रममा बेरोजगार युवा युवतीहरुलाई उद्यमशिलतामा आत्मनिर्भर बनाउन लघु तथा साना र मझौला उद्योग स्थापनामा प्राथमिकता दिइएको छ । निति तथा कार्यक्रममा पिछाडिएका अशाहय विपन्न र बेरोजगार महिलालाई स्वरोजगार बनाउन विभिन्न तालिमको व्यवस्था मिलाउने उल्लेख छ ।

त्यसैगरी नीति तथा कार्यक्रममा मातृ स्वास्थ्य सुदृढीकरणका लागि जिरो होम डेलिभरीको व्यवस्था गरिने उल्लेख छ भने रगत नपाएर उपचार नपाएका गाउँलाई निशुल्क रगतको व्यवस्था गर्ने उल्लेख छ ।
गाउँपालिकाका मुख्य चोकमा सि सि टिभि क्यामेरा जडानलाई निरन्तरता, सेन्सर जडित स्मार्ट सडक बत्तीहरुको व्यवस्थापन र सैनामैनाको बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयमा उपचार गराउने कञ्चनबासीलाई पालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एक वडा एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ भने आफ्नै उत्पादन खाउँ कञ्चनमै रमाउँ भन्ने लक्ष्यका साथ कृषकलाई अनुदानमा आधारित उत्पादन बृद्धिको टेवा दिने उल्लेख गरिएको छ ।

त्यसैगरी घरघरमा प्राविधिक सेवा उत्पादनमा टेवा भन्ने कार्यक्रम अन्तरगत किसानको खेतबारीमै कृषि प्राविधिक पुग्ने व्यवस्था गरिने छ ।
युवाले विदेशमा रोजगारीका क्रममा सिकेको ज्ञान र सीपको प्रयोग गरि पालिकामै व्यावसायीक घरेलु तथा साना उद्योग, पशुपालन र व्यापार व्यवसासंग जोडिई उद्यमशीलता प्रदान गर्ने नीति ता कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमा कृषि उत्पादनमा बढावा दिन अनुदानमा कृषि यन्त्र उपकरणको व्यवस्था गर्ने, बाली विमा गर्न प्रोत्साहन, कृषिमा अनुदान उपलब्ध गराउने, उत्पादनको भण्डारण गर्न कोल्डस्टोरको व्यवस्था गर्ने, किसान सूचीकरण र किसान परिचयपत्र वितरण गरिने उल्लेख छ ।
त्यसैगरी कञ्चनमा होमस्टे संचालन गर्न चाहने समूहलाई प्रोत्साहन गर्ने, पर्यटकीय स्थलहरुको पहिचान र प्रचार प्रसार गर्ने, धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने, कृषि सडकलाई प्राथमिकता दिने, सहकारीलाई एकीकरण गरि निष्कृय सहकारीलाई खारेज गर्ने व्यवस्था गरिने नीति तथा कार्यक्रममा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय