LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने भएको छ ।
सोमबार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधिसभा सदस्य पदमा कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

२०७९ साल मङ्सिर ४ गते भएको चुनावमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित हुनुभएका दीपक बोहराको निधन भएपछि पद रिक्त रहेको छ ।
बोहोराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधन भएसँगै रिक्त निर्वाचन क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

योसँगै रुपन्देही–३ मा मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ ।
उता संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेश केन्द्रित दलले रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई सघाउने संकेत गरेका छन् ।

रुपन्देही–३ को उपनिर्वाचनलाई छलफलको पहिलो एजेन्डा बनाएर संघीय लोकतान्त्रिक मोर्चाको दुई दिन बैठक बसिसकेको छ । बिहीबार र आइतबार नाउपाको पहलमा मोर्चाको बैठक बसेको थियो ।

गत निर्वाचनमा नाउपाका उम्मेदवारले त्यस क्षेत्रमा चौथो स्थानको मत ल्याएका थिए । राप्रपाका उम्मेदवार पहिलो, कांग्रेस दोस्रो र रास्वपाले तेस्रो स्थानको मत पाएका थिए ।

मधेश केन्द्रित सात दलमा नाउपाको सबैभन्दा बढी मत हुनु र त्यसपछि जनमतका उम्मेदवारले मत पाउनुले पनि साझा उम्मेदार नाउपाबाट हुने सम्भावना बढी रहेको ती दलका नेताहरुले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय