LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

०४ जुन २०२५, युएई

सैनामैना सेवा समाज युएईले बिपन्न तथा अशाहय विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापनार्थ बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। हरितालिका तिजको अवसर पारेर आउँदो अगस्ट ३ तारिख, युएईको दुबईस्थित बरदुबईको क्लब एभरेस्ट याक एण्ड यति मा कार्यक्रम आयोजना गरिने भएको हो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपालका चर्चित लोकगायक खुमन अधिकारी र लोकगायिका मञ्जु भट्टराईले सांगीतिक प्रस्तुति दिने संयोजक युवराज भट्टराईले जानकारी दिए। “कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ र युएईस्थित सैनामैना समाजका सम्पूर्ण सदस्यहरूको साथ सहयोग पाइरहेका छौँ,” भट्टराईले बताए।

समाजका अध्यक्ष बिष्णु प्रसाद पन्थीका अनुसार, “सैनामैना नगरपालिकाभित्रका बिपन्न बालबालिकाहरूको शिक्षा क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले स्थायी अक्षयकोष स्थापनाको अभियान अघि बढाइएको हो।” उनका अनुसार, गत वर्ष पहिलो चरणमा तीन सामुदायिक विद्यालयमा एक/एक लाख रुपैयाँको अक्षयकोष स्थापना भइसकेको छ भने यसपटक पनि कार्यक्रमबाट संकलित सहयोगबाट थप विद्यालयहरूमा अक्षयकोष स्थापना गरिनेछ।

सन् २०१८ मा स्थापना भएको सैनामैना सेवा समाज युएईले विगतदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ। हाल संस्थामा २०० भन्दा बढी सदस्यहरू सक्रिय रुपमा आबद्ध छन्।

समाजले युएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भइ मानवीय कार्यमा हातेमालो गर्न आह्वान गरेको छ।

कार्यक्रमले परदेशमा नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वको समन्वय गर्दै सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय