LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा दिलाउने गरी काम गरिररहेको बताउनुभएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका ५ गरगरेमा आईतबार ९८ बर्षीय भानुभक्त उपाध्यायलाई जग्गाको लालपुर्जा वितरण गरि पुर्जा वितरण शुभारम्भ गर्दै उपप्रधान एवं अर्थमन्त्री पौडेलले वर्तमान सरकार जग्गा नभएका सुकुम्वासीलाई जग्गाको मालिक वनाउने अभियानमा लागेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौँ ।’

मन्त्री पौडेलले वर्तमान सत्ता गठबन्धन २०८४ को आम निर्वाचनसम्मै यथावत रहने बताउनुभयो । उहाँले कुनै एक दलको स्पष्ट बहुमत नभएकोले सरकारलाई स्थीरता दिन कांग्रेस र एमाले मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प नभएकोले गठबन्धन बनेको स्पष्ट गर्नुभयो ।

उपप्रधान एवं अर्थमन्त्री पौडेलले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाको मालिक बनाउने प्रतिवद्धता अनुसार सरकारले देशैभरी लालपुर्जा वितरण गर्ने बताउनुभयो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नंं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सरकारले सुकुम्वासी समस्याको समाधानका लागि गरेको प्रयासका कारण आज कञ्चनका स्थानीयले जग्गाको लालपुर्जा पाउन सफल भएको बताउनु भयो । उहाँले लालपुर्जाको राजस्व धेरै भएकोले घटाउन पहल गर्ने अर्थमन्त्री लगायत नेपाल सरकार र कञ्चनका जनप्रतिनिधिहरुप्रति आभार प्रकट गर्दै बाँकी समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं. ५ का पूर्व सांसद भरतकुमार शाहले रुपन्देही ५ का जनतालाई लालपुर्जा वितरण गर्ने आफ्नो पहिलेदेखिको सपना भएको बताउँदै त्यो सपना पूरा भएको उल्लेख गर्नुभयो । पूर्व सांसद भरतकुमार शाहले रुपन्देही ५ का जनतालाई लालपुर्जा वितरण गर्ने आफ्नो पहिलेदेखिको सपना भएको बताउँदै त्यो सपना पूरा भएको उल्लेख गर्नुभयो । उहाँले कञ्चनका जनता सम्पत्तिको मालिक भएको बताउँदै लामो समयदेखि लालपुर्जाको आशामा बसेका कञ्चनका जनताको लालपुर्जा पाउने आशा साकार भएको बताउनुभयो ।

उहाँले लालपुर्जा पाएपनि १० बर्षसम्म विक्री गर्न नपाउने र बैंकमा राख्न समेत नपाउने प्रावधानले जनतालाई समस्या पर्ने बताउँदै यो प्राविधिक समस्याको गाँठो फुकाउन आफूहरुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । गत निर्वाचनको बेला कञ्चनका जनतालाई पुर्जा वितरण गर्ने आफूहरुले जनता सामु गरेको प्रतिवद्धता आज पूरा भएको बताउँदै उहाँले कञ्चनमा नापी भएका र प्रकृयामा रहेका सवैलाई लालप्ुर्जाको मालिक बनाउने बताउनुभयो ।

 

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पुर्जा भएका जग्गासंग जोडिएका अन्य जग्गाको हकमा समेत पुर्जा दिन सकिने गरि कामलाई अघि बढाउन पहल गरेको बताउँदै कञ्चनमा पहिलो चरणमा १२ हजार ४ सय २ जनालाई पुर्जा दिन सकिने आधार तयार भएको बताउनुभयो । उहाले निस्सा नभएका, नापीमा छुटेका आदि समस्या भएकाहरुको गाँठो फुकाएर फेरी जग्गा नापजाँचको काम सुरु गरेर पुर्जा वितरणलाई छिटो गर्न प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाको अध्यक्षतामा भएको लालपुर्जा वितरण कार्यक्रममा आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजाल, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय