LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

हरेक बर्षजस्तै यो बर्षपनि बोलबम धाम जलार्पण यात्रा विहिवारदेखि सुरू भएको छ । यात्रा कार्यक्रम पर्रोहा बोलबम धाम परिसरमा एक समारोहका वीच सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा अध्यक्ष चित्रबहादुर कार्की, ब्यासाचार्य तथा धामका सल्लाहकार किशोरकुमार गौतम लगायतको आतिथ्यतामा शुभारम्भ गरिएको हो ।

आज विहिवार असार २६ गते गुरु पूर्णिमादेखि सुरु भएको बोलबम धाम जलार्पण यात्रा एक महिना अर्थात साउन २६ गते रक्षाबन्धन जनैपूर्णिमासम्म हुने भएको हो ।

जलार्पण यात्रा शुभारम्भको अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पर्रोहा बोलबम धामको दर्शन गर्न नसक्ने हो भने हाम्रो जीवन अधुरो र अपूर्ण हुन्छ भन्दै श्रावणी मेलाको पावन अवसरमा सकिन्छ भने परिवारसहित सधै र नभए एक दिनमात्रै भएपनि दर्शन गर्ने अभियान सुरुवात गर्न आग्रह गर्नुभयो ।

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष चित्रबहादुर कार्कीले पर्रोहा बोलबम धाम हाम्रै धाम हो भन्दै हामीले नै यसको विकास गर्ने हो र यसलाई स्थापित गर्ने हो भन्नुभयो । उहाँले नजिकको तीर्थस्थललाई महत्व दिनुपर्ने बताउँदै एक महिनासम्म बोलबम जलार्पणम साथ दिन सवैसंग आग्रह गर्नुभयो । अध्यक्ष कार्कीले धामको गुरुयोजना अनुसारको काम बाँकी रहेकोले यसलाई पूरा गर्ने सवालमा सवैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

बोलबम यात्रा संयोजक ज्ञानेश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा धामका सल्लाहकार ब्यासाचार्य गुरु किशोरकुमार गौतम, धामका सल्लाहकार पण्डित विष्णु ज्ञवाली, सैनामैना नगरपालिका ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोलबम धाम यात्रामा सहभागीताका लागि आग्रह गर्नुभयो ।
पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका महासचिव गोपाल आचार्य र बोलबम यात्रा समितिका महासचिव प्रेमलाल भुसालले संयुक्त रुपमा संचालन गर्नुभएको बोलबम यात्रा शुभारम्भ कार्यक्रममा स्वागत यात्रा सहसंयोजक पेमा खनालले गर्नुभएको थियो ।


पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा रहेको स्वयं उत्पत्ती शिवज्योतिर्लिङ्गमा साउन महिनाभर जलार्पण गर्ने गरिन्छ ।
पश्चिमको पशुपतिनाथको नामले समेत पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक बर्ष साउन महिनाभर नेपाल र भारतका लाखौँ लाख श्रद्धालु भक्तजनहरु जलार्पण गर्ने परम्परा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय