LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको कालमोचन शिवालय मन्दिरमा एक महिनासम्म हुने बोलबम जलार्पण यात्रा विहिवारदेखि शुभारम्भ भएको छ ।
विहिवार गुरुपूर्णिमाको दिन श्रद्धालु भक्तजनले पैदल यात्रा गर्दैसैनामैना ६ मा रहेको सरस्वती कुण्डबाट जल उठाई पुनः मन्दिरमा जलार्पण गरेका छन ।

मन्दिर व्यवस्थापन समितिका अनुसार कालमोचन शिबालय मन्दिरमा जलार्पणका लागि असार ३० गते लक्ष्मणघाट, ५ गते त्रिवेणीधाम, १२ गते राम्दी उत्तरबाहिनी र १९ गते कर्णाली चिसापानीबाट जल उठाई जलापण गर्ने कार्यक्रम रहेको छ ।
कालमोचन शिवालय मन्दिरमा गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म एक महिनासम्म जलार्पण गर्ने परम्परा रहेको यात्रा संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । यो बर्षपनि बोलबम जलार्पणको कार्यक्रम सुरु भएको र यो एक महिनासम्म संचालन हुने कालमोचन शिवालय मन्दिर समितिले जनाएको छ ।
सोही अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, सैनामैना वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेल र मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल लगायत सयौं बोलबम श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय