LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको कालमोचन शिवालय मन्दिरमा एक महिनासम्म हुने बोलबम जलार्पण यात्रा विहिवारदेखि शुभारम्भ भएको छ ।
विहिवार गुरुपूर्णिमाको दिन श्रद्धालु भक्तजनले पैदल यात्रा गर्दैसैनामैना ६ मा रहेको सरस्वती कुण्डबाट जल उठाई पुनः मन्दिरमा जलार्पण गरेका छन ।

मन्दिर व्यवस्थापन समितिका अनुसार कालमोचन शिबालय मन्दिरमा जलार्पणका लागि असार ३० गते लक्ष्मणघाट, ५ गते त्रिवेणीधाम, १२ गते राम्दी उत्तरबाहिनी र १९ गते कर्णाली चिसापानीबाट जल उठाई जलापण गर्ने कार्यक्रम रहेको छ ।
कालमोचन शिवालय मन्दिरमा गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म एक महिनासम्म जलार्पण गर्ने परम्परा रहेको यात्रा संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । यो बर्षपनि बोलबम जलार्पणको कार्यक्रम सुरु भएको र यो एक महिनासम्म संचालन हुने कालमोचन शिवालय मन्दिर समितिले जनाएको छ ।
सोही अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, सैनामैना वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेल र मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल लगायत सयौं बोलबम श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय