LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको छैठौ साधारण सभा तथा चौथो अधिवेशन शनिवार सैनामैनामा सम्पन्न भएको छ । अबिधेशनले माया केसीको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा हुमराज घिमिरे रहनु भएको छ भने पर्यटन उपाध्यक्षमा भीमलाल जैसी, त्यसैगरी उपाध्यक्षमा मेघराज भट्टराई, महिला उपाध्यक्षमा मिना ज्ञवाली बस्याल, महासचिवमा नवराज पन्थी, सचिवमा प्रसन्न पन्थ, सहसचिवमा दिनामणि पौडेल र कोषाध्यक्षमा चन्द्रकान्त भुसाल तथा सहकोषाध्यक्षमा प्रदिप पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी समितिको सदस्यहरुमा किशोर पौडेल, मोतिलाल पाण्डे, मेघराज पाण्डे, सुमित सापकोटा, बाबुराम कँडेल, शालिकराम पराजुली तथा विष्ण सापकोटा निर्वाचित हुनुभएको हो ।

यसअघि साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले होटल व्यवसाय अत्यन्त चुनौतिको पेशा रहेको उल्लेख गर्दै सैनामैना नगरपालिकाले सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ विगतमा जस्तै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघकी नवनिर्वाचित अध्यक्ष माया केसीले प्रतिवद्धता जनाउँदै सैनामैनाका होटल व्यवसायीको हकहित संरक्षण गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संघलाई विगतमा भन्दा पनि उत्कृष्ट बनाउने बताउँदै व्यवसायलाई मर्यादित र जिम्मेवार बनाउन आफ्नो नेतृत्वले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

साधारण सभा तथा अधिवेशन उदघाटनको अवसरमा संस्थाका संंरक्षक ढुण्डिराज न्यौपाने, होटेल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका केन्द्रिय सचिब नारायण सेन, होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, होटेल व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा र नेकपा माओवादी सैनामैना नगर अध्यक्ष नारायण महतले बोल्दै होटल व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष झविन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गोविन्द खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय