LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहले निमार्ण गरेको देउराली बाटीका र खुल्ला जिमको एक कार्यक्रमको आयोजना गरि सोमबार उद्घाटन गरिएकोे छ ।
उद्घाटन कार्यक्रमका बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा कञ्चनमा रहेका सामुदायिक वनहरु अग्रस्थानमा रहेको बताउनु भयो ।
रुद्रपुर सामुदायिक वनले समाज, समुदाय र बिद्यार्थी संग जोडिने खालका कार्यक्रम सञ्चालन गरेको बताउदै सबै संघ सस्थाले आफ्नो सामाजीक उत्तरदायित्व पुरा गरे मात्र सबैलाई अपनत्व महशुष हुने बताउनु भयो ।
रुद्रपुर सामुदायिक वनले यस बर्ष नयाँ अभ्यासको थालीन गरि अन्य सामुदायिक वनको लागि उदारणिय बनेको ढकालको भनाई थियोे ।

कार्यक्रममा बोल्दै रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिमाल थापाले सामुदायिक वनहरुले शिक्षा क्षेत्रमा गरेको लगानीको उपलब्धी मापन गर्ने काम कञ्चन गाँउपालिको रहेको बताउदै, सामुदायिक वन ऐनले निर्धारित गरेको मापदण्ड र समुहका सदस्यहरुको आबश्यकताको आधारमा रहि बिभिन्न कार्यक्रम गदै आएको बताउनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाबाट २०८१ सालको एस ईईमा ३.६१ जिपिए भन्दा माथि नतिजा ल्याउने बिद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो भने एस ईईमा कञ्चन प्रथम, द्धितृय र तितृय हुने बिद्यार्थीलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगदले सम्मान गरिएको थियो ।

त्यस्तै वन सेवा क्षेत्रभित्र रहेका ९ बिद्यालय मध्ये ४ ओटा बिद्यालयलाई ४० थान र ५ बिद्यालयलाई २५ थानका दरले जम्मा ३०० थान पंखा बितरण गरिएको थियो भने एक आमा समुह लाई ५० थान कुर्चि सहयोग प्रदान गरिएको थियो ।
रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिमाल थापाको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कञ्चन गाउँपालिकाकाकी उपाधयक्ष मौसमी थापा मगर, कञ्चन वडा नं. ४ का अध्यक्ष केशरबहादुर क्षेत्री, कञ्चन गाउँपालिकाका प्रबक्ता चित्रलाल तुलाचन , कञ्चन गाउँपालिका वडा नं. ५ का पुर्व वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रेमचन्द्र पोखरेल, भेषराज पोख्रेल र लेखनाथ पौडेल लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन सचिब श्रीप्रसाद थापाले गर्नुभएको थियो भने स्वागत समुहका उपाध्यक्ष लालुमाया पुनले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय