LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची,
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं  ७ मा भैरहेको सडक निर्माणको काम स्थानीयको अवरोधका कारण अवरुद्ध भएको छ ।
सडक निर्माण, ब्याक कटिङ र संरचना निर्माणको कामका क्रममा निर्माण क्षेत्रमा स्थानीयको जग्गा परेको कारण स्थानीयले समयमै निर्माणको काम गर्न नदिँदा समस्या भएको निर्माण सम्बद्ध पक्षले जनाएको छ ।
अर्घाखाँचीको पाणिनी ७ धन्द्रेकमा उक्त ठेक्का ४२ लाख ५२ हजारमा गर्नेगरी निर्माण व्यवसायीले ठेक्का लिएका थिए ।
डल्लेरा अपत्ता टाहारी बाटुले भलाया डाँडाँ सडकको कामको ठेक्का शिशिर बर्षा कन्सट्रक्सन प्रालिले पाएको थियो ।
निर्माण व्यवसायी नेत्रप्रसाद न्यौपानेले निर्माणको काम सुरु भएपछि १० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयको जग्गा परेका कारण अवरोध भएपछि काम गर्न नसकिएको बताउनुभयो ।


उहाँले स्थानीयले निर्माणको क्रममा ब्याक कटिङको काममा अवरोध गरेको, कटिङ गरेको स्थानमा निर्माणको काम गर्दा अवरोध भएको तथा कटिङ गर्ने क्रममा गाडी रोक्ने काम समेत भएकोले समयमै काम हुन नसकेको र बारम्बार अबरोध लाई हटाउने प्रयास असफल भएसंगै सडक निर्माणको काम रोकिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय