LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताउनु भएको छ । एनटिभि कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई मंगलबार कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भएको हो ।

उहाँले भन्नुभयो, ञहामीले चौथो अंगको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौं । तर, आज सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति देखिन थालेको छ । यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ । यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ ।

प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उहाँले पत्रकारिता कल्याणकारी कोष, उपकरण विमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिनुभयो । सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड मात्र नभई समृद्ध प्रदेश निर्माणको अभियानको अभिन्न साझेदार भएको बताउदै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमले जनविश्वास र सुशासन मजबुत पार्न सक्ने धारणा व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो,ञप्रदेश सरकारको मूल उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउनु हो । यस अभियानमा सञ्चार क्षेत्र हाम्रो सहयात्री हो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले प्रदेशको समग्र विकासमा सञ्चारमाध्यमको सहकार्य महत्वपूर्ण भएको बताउनु भएको छ । एनटिभिलाइ सञ्चार क्षेत्रको ब्राण्डको रूपमा बुझ्ने गरिएको बताउदै उहाँले आगामी बर्षका लागि योजनासहित दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमलाइ प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दुर्गाप्रसाद चौधरी, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री भण्डारीलाल अहिर, प्रदेश सभा सदस्य सञ्जु चौधरी, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठ, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

एनटिभि कोहलपुरका प्रमुख निराजन खनालले स्वागत मन्तव्य दिँदै संस्थाको यात्रा र योगदानबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण एनटिभि कोहपुरका पुरुषोत्तम साप्कोटाले गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, विज्ञापन दाता तथा कार्यक्रम सञ्चालकलाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय