LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलको चौराहामा प्रधान कार्यालय रहेको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका छन् ।
गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनिहरुले प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका हुन ।
बिभिन्न खालका जालझेल र छलछाम गरि राष्ट्रिय स्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै शेयरधनी महिलाहरुले संचालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तिय संस्था लि.सँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको भन्दै तत्काल खारेज गर्न अपिल गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझाउदै संस्थापक महिला शेयरधनी तथा पुर्व संचालक जमुना ढकालले संचालक समितिले छलछाम र जालसाजी गरि अन्यायपुर्ण ढंगले साधारण सभा गरेको आरोप लगाउदै अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरि अन्यायपुर्ण निर्णय गरेको बताउनु भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी ढकालले कथित साधारण सभाको निर्णय तत्काल सच्याउन माग गर्दै माग पुरा नभए महिला कडा आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।

यसअघि असन्तुष्ट शेयरधनी महिलाहरुले नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र समेत दिएका छन्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय