LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना १ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको विकासका लागि सरकारले पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
पर्रोहा बोलबम धाममा बुधबार नन्दीको प्रतिष्थापन गर्दै अर्थमन्त्री पौडेलले पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको बाँकी काम अघि बढाउन समेत धाम व्यवस्थापन समितिसंग आग्रह गर्नुभयो ।

उहाँले मन्दिरको गुरुयोजना अनुसारको पहिलो चरणको निर्माणको काम सम्पन्न भैसकेको अवस्थामा दोश्रो चरणको गुरुयोजना अनुसारको काम अघि बढाउन सरकारले आवश्यक बजेट दिने प्रतिवद्धता समेत जनाउनु भयो ।
अर्थमन्त्री पौडेलले मन्दिरको विकासका लागि आवश्यक बजेट पहिले प्रदेश सरकार र सैनामैना नगरपालिकाले उपलब्ध गराउन आग्रह गर्दै नपुग बजेट संघीय सरकारले दिने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले आजै काठमाण्डौंमा जहाजमा आउँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग पर्रोहा बोलबम धाम मन्दिरको विकासको विषयमा कुराकानी भएको र सहयोगका लागि आग्रह गरेको समेत बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पर्रोहा बोलबम धामको विकासका लागि संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले मन्दिरको डिपिआर अनुसारको पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएको र दोश्रो चरणको कामका लागि नगरपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष चित्रवहादुर कार्कीले मन्दिरको पहिलो चरणको गुरुयोजना पूरा भएको दोश्रो चरणको गुरुयोजनाका लागि संघीय सरकार, प्रदेश सरकार र सैनामैना नगरपालिकाले सहयोग गर्ने आश्वास दिएको बताउँदै मन्दिरमा एक महिनासम्म हुने बोलबम धाम श्रावणी मेलामा जलार्पण गरेर पुण्य आर्जन गर्न सवैसंग आग्रह गर्नुभयो ।

नन्दीको प्रतिष्थापनको पूर्व सन्ध्यानमा श्रद्धालु भक्तजनले रानीकुवा र सूर्यपुराबाट जल उठाएर मन्दिरमा जलार्पण गरेका थिए । त्यस अवसरमा सयौं श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो । नन्दीको मूर्ति प्रतिष्थापनका लागि सैनामैना नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय