LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका १ रानीबगियामा रहेको आकृती ब्यूटि एकेडेमी एण्ड मेकअप स्टुडियोले मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रका साथै मायाको चिनो वितरण गरेको छ ।
ब्यूटीपार्लर सम्वन्धि आधारभूत तथा एडभान्स तालिममा सहभागी ३५ जना प्रशिक्षार्थीहरुलाई सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले प्रमाणपत्र तथा मायाको चिनो वितरण गर्नुभएको हो ।
सैनामैना २ बाबरी पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणत्र तथा मायाको चिनो बितरण गर्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले ब्यूटीपार्लर तालिमबाट धेरै महिला दिदी बहिनीहरु व्यवसायमा जोडिएको बताउँदै आगामी दिनमा पनि अरु महिला दिदी बहिनीहरु समय अनुसार अगाडी बढ्न यस्तै प्रकारका तालिममा जोडिनु आवश्यक छ भन्नुभयो ।

आकृती ब्यूटि एकेडेमी एण्ड मेकअप स्टुडियोकी संंचालक मिरा शर्मा भुसालले विगत १२ बर्षदेखि बुटवल पश्चिम सैनामैना नगरपालिका १ रानीबगियामा रहेर उत्कृष्ट सेबा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले १२ बर्षको अवधीमा २५ सय माथि महिला दिदी बहिनीहरुलाई तालिम दिएको बताउँदै आगामी दिनमा पनि समयको माग अनुसार थप एडभान्स तालिम प्रदान गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयका अध्यक्ष शिबलाल बस्याल, न्यू एकेडेमी बोर्डिङ स्कुलका अध्यक्ष मिनप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाका अध्यक्ष राजबहादुर क्षेत्री लगायतले बोल्दै आकृती ब्यूटि एकेडेमी एण्ड मेकअप स्टुडियोले सयौं महिला दिदी बहिनीहरुलाई तालिम दिएर रोजगारीमा जोडन सफल भएकोमा उत्तरोत्तर प्रगतिको बधाई दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय