LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलस्थित अक्सफोर्ड माविमा नमुना संसद कार्यक्रम सम्पन्न भएको छ ।कक्षा १० का विद्यार्थीहरूले नेपालको संघीय संसदका गतिविधिहरूको प्रतिनिधित्व गर्दै दोस्रो वर्षअन्तर्गतको नमुना संसद कार्यक्रम बुधबार सम्पन्न गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालयले आयोजना गरेका उक्त कार्यक्रमबाट विद्यार्थीहरूले पुस्तकमा पढेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा सिक्ने अवसर पाएको कुरा बताउनुभयो ।

साथै विद्यालयले यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन सकोस् भनी शुभकामना दिनुभयो ।
विद्यालयका प्राचार्य दिनेश भुसालले बालबालिकाहरूमा सिर्जनात्मक अभिव्यक्ति कला उजागर गर्नुुका साथै उनीहरूलाई देशको संवैधानिक संरचना तथा सरकारको अङ्ग संसदका कार्यबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले शिक्षण पद्धतिमा समयसापेक्ष सुधार आवश्यक रहेकोमा जोड दिँदै विद्यालय त्यो मार्गमा अघि बढिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका शैक्षिक प्रमुख प्रकाश ज्ञवालीले विद्याथीहरूको प्रस्तुतिको प्रशंसा गर्दै सफल भविष्य निर्माणमा लाग्न शुभकामना दिनुभयो ।
संसद अभ्यासमा विद्यार्थीहरू नियोन बन्जाडे सभामुख, बिनिशा भुसाल उपसभामुख, सुशान्त पाण्डे प्रधानमन्त्री र अपेक्षा पन्थीले प्रतिपक्षी दलको नेताको भूमिका गरेका थिए ।

कार्यक्रममा अक्सफोर्ड कलेजका सञ्चालक समिति अध्यक्ष डा. अजित खनाल, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, सञ्चालक नवराज पंगेनीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा विभिन्न भूमिकामा उत्कृष्ट प्रस्तुति दिने प्रतिभाहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रसहित खादा ओढाई सम्मान गरिएको शिक्षक लक्ष्मण घिमिरेले बताउनुभयो ।
कार्यक्रम शिक्षक सिद्धार्थ कँडेलको संयोजकत्व तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय