LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिकाले सोमबार आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ । बार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाले अघिल्लो बर्ष सम्पन्न गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको सपना रिङरोडको चाहना पूरा हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले अघिल्लो कार्यकालका जनप्रतिनिधि र अहिलेका जनप्रतिनिधीको सपना पनि रिङरोड पूरा गर्ने रहेको बताउँदै अहिले रिङरोडको सम्पन्न हुन बाँकी काम धमाधम भैरहेको बताउनुभयो । नगर प्रमुख शर्माले पहिलेका जनप्रतिनिधिले सुरु गरेका राम्रा कामलाई अहिलेपनि निरन्तरता दिएर अघि बढेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सैनामैना नगरपालिकालाई बेरुजु शून्य पालिका बनाउने काम सुरु भएको बताउनुभयो । उहाँले गत आर्थिक बर्षमा करिव ४ करोड बेरुजु सम्परिक्षण गरेको बताउँदै चालू आर्थिक बर्षमा बेरुजुलाई शून्यमा झार्ने प्रतिवद्धता जनाउनु भयो ।

बार्षिक समीक्षाका अवसरमा नगर उपप्रमुख बिना रानाले सैनामैना नगरमा पछिल्लोसमय विकास निर्माणको कामदेखि सीपमूलक कार्यक्रममार्फत बेरोजगारी समस्या समाधान गर्ने कामले प्राथमिकता पाएको बताउनुभयो । उहाँले महिलाहरुलाई विभिन्न तालिम दिएर आत्मनिर्भर बनाउने प्रयासले सार्थकता पाएको समेत उल्लेख गर्नुभयो । समीक्षाकै अवसरमा नगरपालिकाका शाखा प्रमुख र वडा सचिवहरुले आ– आफ्नो शाखा र वडाको बिषयमा प्रगति विवरण र भएगरेका कामबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय