LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबर्द्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको र त्यसकै आधारमा सुशासन प्रवर्द्धनका कार्यहरू अघि बढाएको स्पष्ट पार्नुभएको हो ।

एक वर्षे उपलब्धिहरूको विवरण बैठकमा सुनाउँदै मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामहरूलाई पार्टी पंक्तिमार्फत जनस्तरमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।ञएक वर्षको अवधिमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार निवारणका लागि बनाएको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएका छौं ।

पूर्व विशिष्ट पदाधिकारीले पाउने सेवा सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पुर्‍याएका छौंझउहाँले भन्नुभयो(ञ एक वर्षको अवधिमा प्रदेश गौरवका योजनालाई नयाँ उचाइमा पुर्‍याउन सफल भएका छौं । सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल निर्माण, कालोपत्रे सडक, नयाँ सडक निर्माणमा उपलब्धि हासिल भएका छन् ।झ

सरकारका कामकारबाहीबाट गाउँ र शहर जोडिन पुगेको, किसानले सिंचाइ सुविधा पाएको, स्थानीय उत्पादनले बजार पाएको, शैक्षिक गुणस्तरमा सुधार आएको र पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सफलता प्राप्त गरेको उहाँले उल्लेख गर्नुभयो । एक वर्षे उपलब्धिहरूको विस्तृत विवरण बैठकमा प्रस्तुत गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय