LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

साउन २९ गते । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१ गते शनिबार आफ्नो जलाशय सफा गर्ने भएको छ । आयोजनाले बिहीवार एक सार्वजनिक सूचना जारी गर्दै जलाशय सफाइका कारण नदीको बहावमा अस्वाभाविक उतारचढाव आउने भएकाले तामाकोशी नदी किनारमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो।

दोलखाको बिगु गाउँपालिका १ मा अवस्थित ४५६ मेगावाट क्षमताको यस आयोजनाले साउन ३१ गते शनिबार बिहान ५ः०० बजेदेखि राति ८ः०० बजेसम्म जलाशय सफा गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख गरिएको छ ।

आयोजनाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सो समयमा नदीमा माछा मार्ने नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कुनै पनि जोखिमपूर्ण कार्य नगर्न र नगराउन  सर्वसाधारणमा अनुरोध गरेको छ।

नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारका कार्यहरू पनि अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय