LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवद्र्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।
अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

हाम्रा मौलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,झ उहाँले भन्नुभयो–’युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।

हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो ।’चाडपर्व मनाउने नाममा विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दैछ, यस्ता विकृतिहरुलाइ निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी होझउहाँले भन्नुभयो–’मौलिक कला, संस्कृतिको संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय