LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवद्र्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।
अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

हाम्रा मौलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,झ उहाँले भन्नुभयो–’युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।

हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो ।’चाडपर्व मनाउने नाममा विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दैछ, यस्ता विकृतिहरुलाइ निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी होझउहाँले भन्नुभयो–’मौलिक कला, संस्कृतिको संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय