सैनामैना नगरपालिका र स्वीस रेडक्रसको आयोजनामा तातो हावा लु को लहर र स्वास्थ्य सम्वन्धि दुई दिने कार्यशाला आईतबार सम्पन्न भएको छ ।
सैनामैनाको त्रिमूर्ति पार्टी प्यालेस बनकट्टामा भएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मौसम परिवर्तनका कारण विश्वमै ठूलो ठूलो विपदका घटना भैरहेको उल्लेख गर्नुभयो ।
उहाँले अवको दिनमा पर्याबरण संरक्षणमा ध्यान जानुपर्ने बताउँदै स्कुलहरुमा वातावरण सम्वधि कार्यक्रम गर्ने, तातो हावा लु बाट बच्ने उपाय र बिपदबाट बच्नका लागि भैरहेको प्रयासलाई अझै बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।



सो अवसरमा तातो हावाको लहर पूर्व तयारी योजना, प्रतिकार्य योजना र दिर्घकालीन सहरी योजनाको विषयमा समूहगत रुपमा छलफल गरि योजना तयार गरिएको थियो । कार्यशालामा सैनामैना नगरपालिकाका वडा अध्यक्षहरु, कर्मचारीहरु, स्वास्थ्य र शिक्षा शाखाका प्रमुखहरु, सैनामैनाका उद्योगी व्यवसायी, संचारकर्मीहरु, डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखाको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो दिन शुक्रबार जल तथा मौसम कार्यालय भैरहवाका प्रमुख बरुण पौडेल, परियोजना संयोजक पल्लबी सिंह, स्वीस रेडक्रसका बरिष्ठ विपद व्यवस्थापन अधिकृत घनश्याम सापकोटा र नेपाल रेडक्रस सोसाईटी जिल्ला परियोजना अधिकृत कृष्ण मल्लले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो दिन आईतबार सैनामैना नगरपालिकाका बिपद फोकल पर्सन सुरज न्यौपाने, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, स्वास्थ्य शाखाका अधिकृत हेमराज पन्थी लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाको समापन कार्यक्रम सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा अधिकृत हेमराज पन्थीले गर्नुभएको थियो ।




