LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे सहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरेको छ ।
संघले आईतबार साँझ स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गर्नुको साथै उत्कृष्ट शैक्षिक संस्था र शैक्षिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहामनगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको सामाजिक, सांस्कृतिक, आर्थिक, व्यवसायिक तथा राजनीतिक विकासमा समेत बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहेको बताउनु भयो । उहाँले बुटवलको ऐतिहासिक महत्व बोकेको पारी बुटवलको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउँदै रात्रीकालिन बजार सञ्चालनमा जोड दिनुभयो ।

बुटवलको बजारलाई चलायमान बनाउनको लागि र बाह्य पर्यटकलाई आकर्षण गर्न रात्रीकालिन बजार अपरिहार्य रहेको बताउँदै उहाँले त्यसलाई पुरा गर्नेगरी सहयोगी बन्न व्यवसायिक संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रुपन्देहीमा हालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले समग्र जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणका कुरामा र व्यवसायिक वातावरण निर्माणमा कसैसंग कुनै प्रकारको सम्झौता हुन नसक्ने बताउनु भयो ।

कार्यक्रममा स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले मुलुकको औद्योगिक तथा व्यवसायिक वातावरण विग्रिएका कारण भएका उद्योगहरु तथा व्यापार व्यवसाय समेत बन्द हुने स्थितीमा पुगेको बताउँदै पलायन हुन खोजेका उद्योगी व्यवसायीलाई पुनस्थापित हुने वातावरण निर्माणमा सहयोगी बन्न नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

हालै उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनु भएका वझा, बुटवलका सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा स्थापित बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रो पटक विश्व विद्यालय अनुदान आयोगबाट क्यू.ए.ए. प्राप्त गर्न सफल भएकोमा उक्त क्याम्पसलाई पनि सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय