LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बिश्वकर्मा समाज नेपाल युएईले बृहत् तिज कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दु नारीको महान पर्ब हरितालिका तिजको अवसर पारेर बिश्वकर्मा समाज नेपाल युएई र दुबइ क्षेत्रीय समितिको आयोजनामा तिज कार्यक्रम भएको हो !

आपसी भाइचारा स्थापित गर्दै सामुहिक भातृत्व कायम राख्न र नेपाली मौलिक संस्कृतिको भूमिका परदेशमा प्रबद्र्धन गर्ने उद्देश्यले तीज कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

संस्थाका दुबई क्षेत्रीय समितिका अध्यक्ष हुमराज बिकको अध्यक्षता एबं नेपाली राजदुतावास आबुधाबीका प्रथम सचिब तिलबहादुर सुनारको प्रमुख आतिथ्यतामा तीज गीत कार्यक्रम भएको हो ।

वर दुबइ स्थित बोसी क्लब होटल अस्टोरियामा भएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकगायिका टीका शानुले सहभागी दर्शकहरूलाई मनोरञ्जन दिलाएकी थिइन् । नयाँ तथा पुराना तिज भाकाहरू सहित गायिका टीका शानुले प्रस्तुति दिएपछि, सहभागी चेलिबेटीहरू खुसी देखिएका थिए ।
तिज पर्व महिलाहरूको बिशेष चाड भएकोले पनि कार्यक्रममा परदेशमा रहेका महिला चेलीबेटीको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय