LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बिश्वकर्मा समाज नेपाल युएईले बृहत् तिज कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दु नारीको महान पर्ब हरितालिका तिजको अवसर पारेर बिश्वकर्मा समाज नेपाल युएई र दुबइ क्षेत्रीय समितिको आयोजनामा तिज कार्यक्रम भएको हो !

आपसी भाइचारा स्थापित गर्दै सामुहिक भातृत्व कायम राख्न र नेपाली मौलिक संस्कृतिको भूमिका परदेशमा प्रबद्र्धन गर्ने उद्देश्यले तीज कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

संस्थाका दुबई क्षेत्रीय समितिका अध्यक्ष हुमराज बिकको अध्यक्षता एबं नेपाली राजदुतावास आबुधाबीका प्रथम सचिब तिलबहादुर सुनारको प्रमुख आतिथ्यतामा तीज गीत कार्यक्रम भएको हो ।

वर दुबइ स्थित बोसी क्लब होटल अस्टोरियामा भएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकगायिका टीका शानुले सहभागी दर्शकहरूलाई मनोरञ्जन दिलाएकी थिइन् । नयाँ तथा पुराना तिज भाकाहरू सहित गायिका टीका शानुले प्रस्तुति दिएपछि, सहभागी चेलिबेटीहरू खुसी देखिएका थिए ।
तिज पर्व महिलाहरूको बिशेष चाड भएकोले पनि कार्यक्रममा परदेशमा रहेका महिला चेलीबेटीको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय