LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाली कांग्रेस सैनामैना नगरपालिका वडा नम्बर ७ ले आफ्ना शुभचिन्तक, शुभेच्छुक महिला दिदी बहिनीहरुका लागि तिज मिलन तथा दर खाने कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभाहलमा सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री भरतकुमार शाहले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा शुभकामना दिदै हर्ष उल्लासका साथ तीज मनाउन महिला दिदी बहिनीहरुसंग आग्रह गर्नुभयो । उहाँले हरितालिका तीज पर्वले सवैको मनोकामना पूरा गरोस भन्दै तिजलाई सभ्य रुपमा मनाएर खुसी साटासाट गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले हुँदा खाने र हुने खानेबीच अहिलेपनि ठूलो विभेद रहेको चर्चा गर्दै तीजले महिला दिदी बहिनीहरुबीचको त्यो खाडल अन्त्य गरोस भन्ने शुभकामना दिनुभयो ।
उहाँले समाजमा रहेको कुरीति अन्त्य गर्नेतर्फ ध्यान दिनुपर्ने भन्दै एक आपसमा सौहार्दपूर्णरुपमा तिज मनाउने वातावरण वनाउन आग्रह गर्नुभयो ।

सैनामैना नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार चौधरीले नेपाली महिला दिदी बहिनीहरुको महत्वपूर्ण चाड तीजलाई भब्य र सभ्य रुपमा मनाउन आग्रह गर्दै तीजको नाममा हुने बिकृती अन्त्य गर्न स्वयं महिला दिदी बहिनीहरुको ध्यान जाओस भन्ने शुभकामना दिनुभयो ।
नेपाली कांग्रेस सैनामैना ७ का वडा सभापति टिकाराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सैनामैना उपसभापति लक्ष्मी आचार्य पौडेलले पनि शुभकामना साटासाट गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत उपसभापति शिवराज पोखरेलले गर्नुभएको थियो भने महिला दिदी बहिनीहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय