LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेस सैनामैना नगरपालिका वडा नम्बर ७ ले आफ्ना शुभचिन्तक, शुभेच्छुक महिला दिदी बहिनीहरुका लागि तिज मिलन तथा दर खाने कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभाहलमा सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री भरतकुमार शाहले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा शुभकामना दिदै हर्ष उल्लासका साथ तीज मनाउन महिला दिदी बहिनीहरुसंग आग्रह गर्नुभयो । उहाँले हरितालिका तीज पर्वले सवैको मनोकामना पूरा गरोस भन्दै तिजलाई सभ्य रुपमा मनाएर खुसी साटासाट गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले हुँदा खाने र हुने खानेबीच अहिलेपनि ठूलो विभेद रहेको चर्चा गर्दै तीजले महिला दिदी बहिनीहरुबीचको त्यो खाडल अन्त्य गरोस भन्ने शुभकामना दिनुभयो ।
उहाँले समाजमा रहेको कुरीति अन्त्य गर्नेतर्फ ध्यान दिनुपर्ने भन्दै एक आपसमा सौहार्दपूर्णरुपमा तिज मनाउने वातावरण वनाउन आग्रह गर्नुभयो ।

सैनामैना नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार चौधरीले नेपाली महिला दिदी बहिनीहरुको महत्वपूर्ण चाड तीजलाई भब्य र सभ्य रुपमा मनाउन आग्रह गर्दै तीजको नाममा हुने बिकृती अन्त्य गर्न स्वयं महिला दिदी बहिनीहरुको ध्यान जाओस भन्ने शुभकामना दिनुभयो ।
नेपाली कांग्रेस सैनामैना ७ का वडा सभापति टिकाराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सैनामैना उपसभापति लक्ष्मी आचार्य पौडेलले पनि शुभकामना साटासाट गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत उपसभापति शिवराज पोखरेलले गर्नुभएको थियो भने महिला दिदी बहिनीहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय