LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली र पालिकाका शाखा अधिकृतहरुबीच पनि कार्यसम्पादन करार सम्झौता भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नगर प्रमुख सजरुद्दीन मुसलमानसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो भने नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुले प्रमुख प्रशासकीय अधिृकत तारा ज्ञवालीसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

पालिकामा नतिजामुखी कार्यसम्पादन होस भन्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसंग र शाखा प्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृतसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा विहिवार आयोजित एक समारोहका बीच कार्य सम्झौता सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख मुसलमानले आफ्नो जिम्मेवारी र जवाफदेहितासहित काम कारवाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरिएको बताउनु भयो ।

सार्वजनिक पदाधिकारीको कार्य सम्पादन करार निर्देशिका २०७९ को बुँदा ५ मा सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गर्ने र सम्झौताको अवधि एक आर्थिक वर्षको हुन्छ भन्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय