LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली र पालिकाका शाखा अधिकृतहरुबीच पनि कार्यसम्पादन करार सम्झौता भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नगर प्रमुख सजरुद्दीन मुसलमानसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो भने नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुले प्रमुख प्रशासकीय अधिृकत तारा ज्ञवालीसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

पालिकामा नतिजामुखी कार्यसम्पादन होस भन्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसंग र शाखा प्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृतसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा विहिवार आयोजित एक समारोहका बीच कार्य सम्झौता सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख मुसलमानले आफ्नो जिम्मेवारी र जवाफदेहितासहित काम कारवाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरिएको बताउनु भयो ।

सार्वजनिक पदाधिकारीको कार्य सम्पादन करार निर्देशिका २०७९ को बुँदा ५ मा सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गर्ने र सम्झौताको अवधि एक आर्थिक वर्षको हुन्छ भन्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय