LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लुम्बिनी सांस्कृतिक नगरपालिकामा पहिलोपटक लुम्बिनी सांस्कृतिक चेम्बर अफ कमर्शको तदर्थ समिति गठन भएको छ । गएको साउन २७ गते लुम्बिनी सांस्कृतिक नगरका व्यवसायीहरुको भेलाले ११ सदस्यीय लुम्बिनी सांस्कृतिक चेम्बर अफ कमर्शको गठन गरेको हो ।
कृष्णबहादुर गुरुङको अध्यक्षतामा गठन भएको चेम्बरको तदर्थ समितिमा उपाध्यक्ष कासिम खान, महासचिवमा उपेन्द्र अधिकारी, सचिव संकल्पराज खनाल र कोषाध्यक्षमा मिरा सापकोटा खनाल रहनुभएको छ ।

त्यसैगरी चेम्बरको सदस्यहरुमा मुमताज आलम, चन्द्रमा उपाध्याय, अयोध्या यादव, बिजय गिरी, मोहम्मद रमजान र कमरे आलम रहनुभएको छ ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली लगायतले बोल्दै लुम्बिनी क्षेत्रका व्यवसायीलाई एकताबद्ध गर्न यो समितिलाई सफलता मिलोस भन्ने शुभकामना दिनुभयो ।

तदर्थ समिति गठन कार्यक्रममा चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारी, चेम्बरका रुपन्देही अध्यक्ष दर्पण श्रेष्ठ लगायतले बोल्दै चेम्बरलाई उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्ने र उद्यमी व्यवसायीका समस्या समाधान गर्ने थलोको रुपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले समिति तदर्थ गठन गरिएको बताउनुभयो ।

लुम्बिनी साँस्कृतिक चेम्बर अफ कमर्स तदर्थ समिति गठन कार्यक्रमको अध्यक्षता तदर्थ समितिका अध्यक्ष कृष्णबहादुर गुरूङको अध्यक्षतामा भएको थियो भने तदर्थ समितिका महासचिव उपेन्द अधिकारीले कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय