LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताउनुभएको छ ।
शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र स्पष्ट नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।
महासचिव पोखरेलले तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

सुगौली सन्धि सन् १८१६ तिरको सिमाना नै वास्तविक सीमा भएको दाबी गर्दै उहाँले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताउनुभयो । सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै महासचिव पोखरेलले भन्नुभयो–“अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ ।


उहाँले विकास निर्माणमा गति आएको उल्लेख गर्दै रोकिएका आयोजनाहरू अघि बढेको र संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेको बताउनुभयो ।
यसैबिच, महासचिव पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने र त्यसको तयारी भैरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय