LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल उपमहानगरपालिका वडा नंं १६ वडा कार्यालयले शनिवार कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा ८० बर्ष नाघेका २१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सम्मानित हु्नेमा बुटवल १६ डिवार बस्ने ११२ बर्षीय क्षदी दंगोरिया थारु समेत रहनुभएको छ । उहाँलाई बुटवलकै ज्येष्ठ नागरिकको रुपमा सम्मान गरिएको छ ।


ज्येष्ठ नागरिहरुलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा यस अघिदेखि नै सुरु गरेको बताउँदै ज्येष्ठ नागरिकको सम्मानले नै बुटवलको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । नगर प्रमुख पाण्डेले ११२ बर्षीय ज्येष्ठ नागरिकप्रति बुटवलले गरेको सम्मान भनेको सवै ज्येष्ठ नागरिकप्रतिको सम्मान हो भन्दै क्षेदी दंगोरिया थारु लगायत सम्मानित हुनुहुने सवै ज्येष्ठ नागरिकको सुस्वास्थ्यको कामना गर्नुभयो । हाम्रा अग्रजहरुको कारणले नै हामीलाई काम गर्ने प्रेरणा मिलेको नगर प्रमुख पाण्डेको भनाई छ ।


नगर प्रमुख पाण्डेयले ११२ बर्षीय क्षेदी दंगोरिया थारुलाई बुटवलकै ज्येष्ठ नागरिकको रुपमा सम्मान प्रदान गरिएको बताउनु भयो । उक्त अवसरमा थारु लगायत सवै ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने फलफूल लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक मञ्च १६ का संयोजक ज्येष्ठ नागरिक डिल्लीप्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन वडा सचिव देवराज श्रेष्ठले गर्नुभएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले गएको बैशाखमा माता तीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा पनि ८० बर्ष माथिका ३२ जना आमाहरुलाई घर घरमा गएर वडाले सम्मान गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय