LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको लागत साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्धन (सुपर) परियोजना अन्तरगत तातो हावाको लहर च्याम्पियनहरुका लागि प्राथमिक उपचार सम्वन्धि दुई दिने तालिम आईतबार सम्पन्न भयो ।

सैनामैनाको बाबरी पार्टी प्यालेसमा भएको तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बढ्दो वातावरणीय विनासका कारण तापक्रममा बृद्धि भैरहेको बताउँदै तापक्रम न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सवैको चासो र ध्यान जानुपर्ने बताउनुभयो । उहाँले ४० डिग्री तापक्रम हुँदा पनि ५० डिग्रीको अवस्था महसुस भैरहेको भन्दै यसकै कारण बाहिर निस्कन नसक्ने अवस्थाका भैरहेकोले अव तापक्रम व्यवस्थापनको विषयमा सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

तालिममा सैनामैना नगर अस्पतालका डाक्टर अभिषेक खरेल, नेपाल रेडक्रसबाट विपद व्यवस्थापन अधिकृत तिर्थ पाण्डे, नवलपरासीका परियोजना संयोजक अनुप खड्का र सैनामैना नगरपालिकाका जनस्वास्थ्य अधिकृत हेमराज पन्थीले प्रशिक्षण दिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटीका रुपन्देही जिल्ला अध्यक्ष रामचन्द अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । दुई दिने तालिममा सैनामैनाका २४ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय