LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको लागत साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्धन (सुपर) परियोजना अन्तरगत तातो हावाको लहर च्याम्पियनहरुका लागि प्राथमिक उपचार सम्वन्धि दुई दिने तालिम आईतबार सम्पन्न भयो ।

सैनामैनाको बाबरी पार्टी प्यालेसमा भएको तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बढ्दो वातावरणीय विनासका कारण तापक्रममा बृद्धि भैरहेको बताउँदै तापक्रम न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सवैको चासो र ध्यान जानुपर्ने बताउनुभयो । उहाँले ४० डिग्री तापक्रम हुँदा पनि ५० डिग्रीको अवस्था महसुस भैरहेको भन्दै यसकै कारण बाहिर निस्कन नसक्ने अवस्थाका भैरहेकोले अव तापक्रम व्यवस्थापनको विषयमा सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

तालिममा सैनामैना नगर अस्पतालका डाक्टर अभिषेक खरेल, नेपाल रेडक्रसबाट विपद व्यवस्थापन अधिकृत तिर्थ पाण्डे, नवलपरासीका परियोजना संयोजक अनुप खड्का र सैनामैना नगरपालिकाका जनस्वास्थ्य अधिकृत हेमराज पन्थीले प्रशिक्षण दिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटीका रुपन्देही जिल्ला अध्यक्ष रामचन्द अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । दुई दिने तालिममा सैनामैनाका २४ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय