LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरिया निवासी मुसलमानको सनिवार बिहान ९ बजे निधन भएको हो ।
पछिल्लो केहि समयदेखि मुटुको विरामी रहेका मुसलमानको हृदयघातका कारण मृत्यु भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले जानकारी दिनुभयो ।


मलेसियाको एक हप्ताको पारिवारिक भ्रमण गरी शुक्रबार मात्र लुम्बिनी आएका मुसलमानलाई शनिवार बिहान स्वास्थमा असहज देखिएपछि लुम्बिनीको महजिदियास्थित अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि भैरहवा लैजाने तयारी गर्दै गर्दा उहाँको निधन भएको ज्ञवालीले जानकारी दिनुभयो ।
७३ वर्षीय मुसलमानका तीन छोरा र पाँच छोरी छन् । उहाँको धार्मिक परम्परा अनुसार शनिबार साँझ अन्तिम संस्कार गरिएको छ ।


त्यसअघि शव यात्रामा शनिवार साँझ हजारौं शुभेच्छुक, शुभचिन्तक, नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता र स्थानीय जनताको ठूलो सहभागिता थियो ।
सरल स्वभावका मुसलमान २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय