LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकप रजत विजेता खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । राखेपको ६२ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा खो खो को सिनियरतर्फ राष्ट्रिय पुरुष तथा महिला टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरिएको हो ।

पुरुष तथा महिला टोलीलाई समान एक लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । खो खो को दुवै टोलीले भारतमा भएको प्रथम खो खो विश्वकप तथा नेपाल र भारतबीच भएको अभ्यास खेलमा रजत जितेका थिए ।


उत्कृष्ट राष्ट्रिय खेल सङ्घमा नेपाल क्रिकेट सङ्घ (क्यान) एक लाख नगदसहित पुरस्कृत भयो । यस्तै जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भएका छन् । पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन पनि ५० हजार नगदसहित सम्मानित भइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय