LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नबिन घिमिरे
१९, भदौ, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व.सजरुद्दिन मुसलमानको निधन भएको छैठौं पुण्य तिथीको दिन बिहिवार लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा शोक सभा सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित शोक सभामा बोल्दै पुर्व शिक्षामन्त्री सवेन्द्रनाथ सुक्लाले जन्मपछि मृत्यु धुर्वसत्य कुरा भएको बताउदै स्व..सजरुद्दिन मुसलमानको बिना स्वार्थ सहयोगको भावना देखेर आफु प्रभावित भएको बताउदै अहिलेको समयमा यस किसिमका ब्यक्ति पाउन कठिनहुने बताउनु भयो ।

शोक सभामा बोल्दै पुर्व मन्त्री वकील मुसलमानले जुनदिन स्व.सजरुद्दिन मुसलवाने आटेका बाँकी काम पुरा हुन्छ तव बल्ल उहाँ प्रति सच्चा श्रद्र्धाजली हुने बताउदै स्थानिय सरकारका प्रतिनिधि र कर्मचारीले उहाँले आटेका कामलाई सफल बनाउन लाग्नु पर्ने बताउनु भयो ।

शोक सभामा बोल्दै लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्री शन्तोष पाण्डेले स्व..सजरुद्दिन मुसलमानले आफु मुस्लीम धर्म मान्ने भए पनि सबै धर्म सस्कृतिलाइ समान व्यवहार गरेर सबैको मन जित्न सफल हुनुभएको बताउनुभयो । हामिले उहाँबाट प्रेरणा लिनु पर्ने भन्दै उहाँको भौतिक शरिर यस धर्तिमा नभए पनि उहाँको बिचार यही रहेको मन्त्री पाण्डेको भनाई थियोे ।


लुम्बिनी साँस्कृति नगरपालिकाका उप प्रमुख कल्पना हरिजनको अध्यक्षतामा सम्पन्न शोक सभामा संबिधान सभा सदस्य तथा सिद्धार्थ नगपालिकाका नगर प्रमुख इस्तिहाक अहमद खा, लुम्बिनी प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता, जिल्ला समन्वन समिति संयोजक उमाकान्त चपाई, लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, सियारी गाउँपालिकाका अध्यक्ष थानेस्वर घिमिरे, सुद्धोधन गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवि ज्ञवाली लगायतले स्व. मुसलवानको सादगी जिवनशैलीको बारेमा बोल्दै उहाँबाट आफुहरुले धेरै शिक्षा लिएको बताउनुभएको थियो ।


कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगर प्रमुख स्व.सजरुद्दिन मुसलमानको जिवनी र उहाँको पालामा लुम्बिनी साँस्कृति नगरपालिकाले गर्न थालेका गौरबका योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय