LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नबिन घिमिरे
१९, भदौ, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व.सजरुद्दिन मुसलमानको निधन भएको छैठौं पुण्य तिथीको दिन बिहिवार लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा शोक सभा सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित शोक सभामा बोल्दै पुर्व शिक्षामन्त्री सवेन्द्रनाथ सुक्लाले जन्मपछि मृत्यु धुर्वसत्य कुरा भएको बताउदै स्व..सजरुद्दिन मुसलमानको बिना स्वार्थ सहयोगको भावना देखेर आफु प्रभावित भएको बताउदै अहिलेको समयमा यस किसिमका ब्यक्ति पाउन कठिनहुने बताउनु भयो ।

शोक सभामा बोल्दै पुर्व मन्त्री वकील मुसलमानले जुनदिन स्व.सजरुद्दिन मुसलवाने आटेका बाँकी काम पुरा हुन्छ तव बल्ल उहाँ प्रति सच्चा श्रद्र्धाजली हुने बताउदै स्थानिय सरकारका प्रतिनिधि र कर्मचारीले उहाँले आटेका कामलाई सफल बनाउन लाग्नु पर्ने बताउनु भयो ।

शोक सभामा बोल्दै लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्री शन्तोष पाण्डेले स्व..सजरुद्दिन मुसलमानले आफु मुस्लीम धर्म मान्ने भए पनि सबै धर्म सस्कृतिलाइ समान व्यवहार गरेर सबैको मन जित्न सफल हुनुभएको बताउनुभयो । हामिले उहाँबाट प्रेरणा लिनु पर्ने भन्दै उहाँको भौतिक शरिर यस धर्तिमा नभए पनि उहाँको बिचार यही रहेको मन्त्री पाण्डेको भनाई थियोे ।


लुम्बिनी साँस्कृति नगरपालिकाका उप प्रमुख कल्पना हरिजनको अध्यक्षतामा सम्पन्न शोक सभामा संबिधान सभा सदस्य तथा सिद्धार्थ नगपालिकाका नगर प्रमुख इस्तिहाक अहमद खा, लुम्बिनी प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता, जिल्ला समन्वन समिति संयोजक उमाकान्त चपाई, लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, सियारी गाउँपालिकाका अध्यक्ष थानेस्वर घिमिरे, सुद्धोधन गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवि ज्ञवाली लगायतले स्व. मुसलवानको सादगी जिवनशैलीको बारेमा बोल्दै उहाँबाट आफुहरुले धेरै शिक्षा लिएको बताउनुभएको थियो ।


कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगर प्रमुख स्व.सजरुद्दिन मुसलमानको जिवनी र उहाँको पालामा लुम्बिनी साँस्कृति नगरपालिकाले गर्न थालेका गौरबका योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय