LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् ।
शुक्रबार ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन भ्रमणको बेला राष्ट्रपति सी जीङपीङसँगको द्विपक्षीय कुराकानीका क्रममा हाम्रो भुमिबाट दुई देशले व्यापार गर्ने सम्झौता गर्न मिल्दैन भन्ने स्पष्ट रुपमा राखेको बताए ।
प्रधानमन्त्री ओलीले भने– ’यो कुरा रेकर्डमा छ, अडियोमा, भिडियोमा छ र नोटहरुमा छ । चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिदा हामी नेपालको सार्बभौम सत्ताको पुरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई हुन गएको आशंकामा हाम्रो ध्यान छ । तपाईहरुको राष्ट्रको सार्भभौमसत्तालाई तलमाथि मर्न दिइने छैन । यो विषय सीमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले यो विषय कुटनीतिक रुपमा वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
प्रधानमन्त्री ओलीले यो विषयको समाधान गर्ने भारतसँग नै भएको भन्दै भारतसँग यस विषयमा कुरा गर्ने बताए । उनले तेस्रो देशलाई ल्याउन खोज्यो भन्ने परेको भन्दै यस विषयमा नेपाल र भारतको बिचमा चीनलाई ल्याउन नखोजेको स्पष्ट गर्दै भारत र चीनले व्यापार सम्झौता गरेकाले चीनलाई स्पष्ट गरेको बताए । साथै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई सम्झौता नगरी उठाउनुपर्ने ठाउमा सबै उठाउने बताएका छन् ।
साथै उनले केहि तत्वले यस विषयमा अनेकौं भ्रम छर्न खोजिएको भन्दै नेपालले सबै अन्तर्राष्ट्रिय मंचमा आफ्नो कुरा स्पष्ट रुपमा राख्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय