LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

जारी भएको छ ।
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कफ्र्यू लगाइएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कफ्र्यु आदेश जारी गर्नुभएको हो ।
त्यसअघि सोमबार दिउँसो युवाहरुको समूह जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका थिए ।
बुटवलसँगै सो पुस्ताले काठमाडौँ, विराटनगर, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् ।
युवाहरुले सरकारविरुद्ध आक्रोसपूर्ण नारा लगाएका थिए भने राजमार्ग चौराहाबाट सुरु भएको जेनजीहरुको प्रदर्शन बुटवल उपमहानगरपालिकासम्म पुगेको थियो ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरुले देशभर प्रदर्शन गरेका हुन् ।
यसैबीच यसैबीच रुपन्देहीको भैरहवास्थित कांग्रेस जिल्ला पार्टी कार्यालय र त्यहाँ पार्किङ गरिएका जिल्लास्तरीय नेताका ४ वटा गाडीमा सोमबार दिउँसो तोडफोड गरिएको छ ।
बीपी जयन्ती अवसरमा आयोजना गर्न लागिएको म्याराथनलगायत विषयमा छलफल भइरहेका बेला एक्कासी आएको युवाहरूको समूहले पार्टी कार्यालय र गाडीमा ढुंगामुढा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङका अनुसार पार्टी कार्यालयभित्र छलफल चलिरहेका बेला आक्रमण भएको हो ।
जेनजीको समूहले बुटवलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय समेत घेराउ गर्दै ढुंगामुढा गरेका थिए ।
यसैबीच सोमबार साँझ सैनामैनाको बुद्धनगरमा समेत युवाहरुको एक समूहले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय