LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

असोज २० गते ।

मदनभण्डारी राजमार्गअन्तर्गत रिडी‐तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्कीनजिकै सडकमाथिबाट ठुलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ ।

पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको छ । दसैमा घर आएकाहरु गन्तव्यमा फर्किनेक्रम चलिरहेकाले सडकमा सवारी साधनको चाप बढेको छ । सुख्खा पहिरोले राजमार्ग बन्द भएपछि सवारी साधनलाई पानी टङ्कीदेखि सालबिसौनाहुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

अवरुद्ध सडक सुचारु गर्न सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजरको व्यावस्थापनको काम भइरहेको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । ठुलो चट्टानसहितको पहिरोपछि पनि नियमित पहिरो खसिरहेकाले सडक सुचारु गर्न समय लाग्ने ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय