LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

सल्यान, असोज २० गते । गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा २ बुराँसेका ४५ वर्षीय मिनबहादुर कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार दिउँसो बुराँसे जंगलमा बाख्रा चराउन गएका मिनबहादुर भिरबाट करिब २० मिटर तल खसेर घाइते हुनुभएको थियो । उहाँलाई स्थानीयहरुले घाइते अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घाइते अवस्थाका मिनबहादुरलार्इ स्थानीय मेडिकलमा उपचारका लागि लगिएको भए पनि उपचार सम्भव नभएको भन्दै घरमै फिर्ता गरिएको थियो।

आइतबार साँझ आफ्नै घरमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । मृतक मृगीरोगी रहेको बताइएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय