LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

सल्यान, असोज २० गते । गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा २ बुराँसेका ४५ वर्षीय मिनबहादुर कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार दिउँसो बुराँसे जंगलमा बाख्रा चराउन गएका मिनबहादुर भिरबाट करिब २० मिटर तल खसेर घाइते हुनुभएको थियो । उहाँलाई स्थानीयहरुले घाइते अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घाइते अवस्थाका मिनबहादुरलार्इ स्थानीय मेडिकलमा उपचारका लागि लगिएको भए पनि उपचार सम्भव नभएको भन्दै घरमै फिर्ता गरिएको थियो।

आइतबार साँझ आफ्नै घरमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । मृतक मृगीरोगी रहेको बताइएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय