LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

काठमान्डौ, २० असोज ।

शुक्रबार र शनिबारको अविरल वर्षापछि देशभरका विभिन्न स्थानमा गएको बाढी–पहिरो तथा सम्बन्धित दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । सशस्त्र प्रहरी बलका अनुसार हालसम्म सात जना अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भएको छ । तीमध्ये ३७ जना इलामका रहेका छन् । त्यसैगरी पाँचथरमा आठ जना, उदयपुर र खोटाङमा दुई–दुई जनाको ज्यान गएको छ ।

त्यस बाहेक रौतहटमा तीन जना र काभ्रेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बाढी–पहिरोका कारण रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाडौँमा एक जना बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय