LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमान्डौ, २० असोज ।

शुक्रबार र शनिबारको अविरल वर्षापछि देशभरका विभिन्न स्थानमा गएको बाढी–पहिरो तथा सम्बन्धित दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । सशस्त्र प्रहरी बलका अनुसार हालसम्म सात जना अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भएको छ । तीमध्ये ३७ जना इलामका रहेका छन् । त्यसैगरी पाँचथरमा आठ जना, उदयपुर र खोटाङमा दुई–दुई जनाको ज्यान गएको छ ।

त्यस बाहेक रौतहटमा तीन जना र काभ्रेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बाढी–पहिरोका कारण रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाडौँमा एक जना बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय