LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका रूपन्देहीबाट रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्स यूएईमा गएका युवाहरूको संस्था सैनामैना सेवा समाज यूएईले सैनामैना नगरपालिका ६ भरतपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा एकलाख १ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरेको छ ।

समाजले शिक्षाको पहुँचमा सबै बालबालिकाहरूको सुनिश्चितता कायम होस् भन्ने उद्देश्यले शुक्रबार एक कार्यक्रमबीच अक्षयकोष स्थापना गरेको जनाएको छ ।
अक्षयकोषको ब्याजबाट आउने रकमबाट विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई कापी कलम लगायतका सामाग्री उपलब्ध गराइने भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेलले बिदेशमा रहेरपनि आफ्नो गाउँ ठाउँको बिकासमा सहयोग गर्दै आएकोमा समाजप्रति आभार प्रकट गर्नुभयो । उहाँले सैनामैनाबाट रोजगारीको सिलसिलामा आाफुनो जन्मथलो छोडेर युएई गएका युवाहरुले विद्यार्थीहरुको सहयोगका लागि अक्षयकोष स्थापना गरेकोमा धन्यबाद दिदै यसबाट समाज रुपान्तरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सैनामैना सेवा समाज युएईका संस्थापक अध्यक्ष रामप्रसाद पाण्डेले सबै सैनामैनाबासीहरूको साथ र सहयोगले सामाजिक क्षेत्रमा धेरै पहिलेदेखि काम गर्दै आएको बताउनुभयो । उहाँले सैनामैनाबाट रोजगारीका लागि विदेश गएका युवाहरुले एक छाक नखाएर भएपनि सैनामैनाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको र त्यसबाट विपन्न परिवारका बालबालिकाले थोरै भएपनि राहत पाएको बताउनु भयो ।

सैनामैना सेवा समाज युएईका अध्यक्ष बिष्णु पन्थीले सैनामैनाका प्रत्येक वडाका एक एकवटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने र पछि आवश्यकताको आधारमा सैनामैनाका सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गर्दै जाने योजना रहेको बताउनु भएको छ ।

कार्यक्रममा साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पोखरेल लगायतले बोल्दै सैनामैना सेवा समाज युएईले सैनामैनाको शिक्षा क्षेत्रको विकासका साथै बिपन्न परिवारका बालबालिकाकाको पढाईमा सहयोग पु¥याएको भन्दै समाजको प्रशंसा गर्नुभयो ।
सोही अवसरमा सैनामैना सेवा समाज युएईले समाजका महासचिव सुरेन्द्र परियार युएईमा विरामी भएपछि स्वदेश फर्किदा प्लेन खर्च लगायत आवश्यक उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग रकम पनि शुक्रबार नै हस्तान्तरण गरेको छ । सैनामैना सेवा समाज युएईले गत बर्ष पनि सैनामैनाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो ।

सैनामैना सेवा समाज युएईका सल्लाहकार मनिराम भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव सुरेन्द्र परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय