लुम्बिनी सांस्कृतिक नगरपालिका नगर कार्यपालिकाको आयोजनामा गत भदौ ११ देखि यही असोज २८ गतेसम्म व्यवसाय दर्ता तथा नविकरण शिविर सम्पन्न भएको छ । शिविरबाट ९८ वटा नयाँ व्यवसाय दर्ता भएका छन भने पाँचसय ६ वटा व्यवसायको नविकरण भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बुधबार एक विज्ञप्ती जारी गर्दै व्यवसाय दर्ता र नविकरण अभियानबाट १८ लाख ६१ हजार पचास रुपैया राजस्व संकलन भएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले शिविर संचालनमा सहभागी भएर आफ्नो भूमिका निभाउने नगरबासी, कर्मचारी र सुरक्षाकर्मीहरुलाई धन्यबाद दिदै सवै लाभान्वित व्यवसायीलाई उत्साहजनक सहभागीताको लागि बधाई सहित धन्यबाद दिनुभएको छ ।



त्यसैगरी ज्ञवालीले बस्तीस्तरमा संचालित दर्ता शिविरमार्फत दर्ता एवं नविकरण छुट भएका व्यवसायीले कार्यालयमा आएर व्यवसाय दर्ता तथा नविकरण गर्न गराउन अनुरोध समेत गर्नुभएको छ




