LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता भएको छ ।
नेपाल सरकार, एसियाली विकास बैंक र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक प्राविधिक सहयोगमा निर्माण हुने प्रशासनिक भवन निर्माणको जिम्मा बाबुल एनबी जेभीले पाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीका अनुसार प्रशासनिक भवन निर्माणको सम्झौता असोज २८ गते मंगलवार भएको छ भने बिक्रम सम्बत २०८४ साल असोज २७ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने अवधी तोकिएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. ३ लन्कापुर र ठुलो पडरियाको बिचमा तेलार नदी संगैको जग्गामा प्रशासनिक भवन निर्माणको लागि २५ करोड ७० लाख ८६ हजार ६ सय ९८ मा ठेक्का सम्झौता भएको हो ।


लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनौट, नेपाल सरकारबाट जग्गा प्राप्ति, नेपाल सरकार र एसियाली विकास बैकसंग समन्वय, सहजिकरण र सहकार्यका लागि सवैसंग आभार प्रकट गर्दै धन्यबाद दिएको छ ।

त्यसैगरी अन्य प्राविधिक प्रकृयाहरुमा पूर्ण साथ र सहयोग प्रदान गर्ने र सहभागिता जनाउनु हुने नगरवासी, वडा नम्बर ३ का वडावासी, नगर कार्यपालिका, ३ न. वडा समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भैरहवा, भुमी व्यवस्था विभाग काठमाण्डौ, नेपाल सरकार र एसियाली विकास बैंक प्रति नगरपालिकाले धन्यवाद सहित आभार प्रकट गरेको छ ।
नगरपालिकाले प्रशासनिक भवन निर्माण गुणस्तरिय रुपमा र तोकिएकै समयमा निर्माण पक्षले सम्पन्न गर्ने अपेक्षा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय