LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
फोटो: गोरखापत्र

काठमाडौँ, १० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गर्नुभएको छ ।  सोमबार दिउँसो काठमाडौँ गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उहाँ छठ पूजामा सहभागी हुनुभएको हो ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभएको छ ।

राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्नुहुँदा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, काठमाडौं  महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका  पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

फोटो: गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय