LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

काठमान्डौ, १० कार्तिक ।

अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले आइतबार करिब ६ घण्टा लामो बयान लिएको छ ।

ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार नेपाल आइतबार भोटाहिटीस्थित कार्यालयमा पुगेका थिए र करिब साढे पाँच–छ घण्टा सोधपुछ गरिएको थियो ।

उनका अनुसार, आज (सोमबार) बिदा भएकाले मंगलबार थप सोधपुछ हुने तयारी छ । नेपाल पनि मंगलबार उपस्थित हुने तयारीमा बाहिरिएका थिए ।

नेपालमाथि साइबर अपराधको आरोप लागेको छ, तर प्रहरीले उजुरीको प्रकृति सम्बन्धमा कुनै विवरण सार्वजनिक गरेको छैन ।

अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाएको विषयलाई लिएर साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय