नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नंं ५ का पूर्व सांसद भरतकुमार शाहले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सैनामैनामा भएको आगजनी र तोडफोडको मंगलवार स्थलगत अवलोकन गर्नुभएको छ । सैनामैनामा जेनजी आन्दोलनका क्रममा पार्टी र व्यक्तिगत सम्पत्तिमाथि आगजनी गरिएको थियो ।

कांग्रेसका केन्द्रिय सदस्य शाहले सैनामैनाको कलौनीमा रहेको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको घर, लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँडको मुर्गियामा रहेको घर, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माको सैनामैनाको झारबैरामा रहेको घर र उपप्रमुख बिना रानाको सालझण्डी झिमझिमियामामा रहेको घरमा गरिएको आगजनी तथा तोडफोडको स्थलगत निरिक्षण गर्नुभएको हो ।




त्यसक्रममा नेता शाहले जेनजीका नाममा उच्श्रृंखल तत्वहरुले घरमा आगजनी तथा तोडफोड गरिएकोप्रति दुःख प्रकट गर्दै आगजनी र तोडफोडमा संलग्नमाथि कारवाही गर्न माग गर्नुभयो । नेता शाहले नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालय भवनमा गरिएको तोडफोड र आगजनीको समेत अवलोकन गर्नुभयो ।

अवलोकनका क्रममा नेता शाहका साथै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, कांग्रेस महासमिति सदस्य देवी कँडेल, कांग्रेस रुपन्देही जिल्ला सदस्य गोविन्द खनाल, लगायतको सहभागिता रहेको थियो




