LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नंं ५ का पूर्व सांसद भरतकुमार शाहले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सैनामैनामा भएको आगजनी र तोडफोडको मंगलवार स्थलगत अवलोकन गर्नुभएको छ । सैनामैनामा जेनजी आन्दोलनका क्रममा पार्टी र व्यक्तिगत सम्पत्तिमाथि आगजनी गरिएको थियो ।


कांग्रेसका केन्द्रिय सदस्य शाहले सैनामैनाको कलौनीमा रहेको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको घर, लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँडको मुर्गियामा रहेको घर, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माको सैनामैनाको झारबैरामा रहेको घर र उपप्रमुख बिना रानाको सालझण्डी झिमझिमियामामा रहेको घरमा गरिएको आगजनी तथा तोडफोडको स्थलगत निरिक्षण गर्नुभएको हो ।


त्यसक्रममा नेता शाहले जेनजीका नाममा उच्श्रृंखल तत्वहरुले घरमा आगजनी तथा तोडफोड गरिएकोप्रति दुःख प्रकट गर्दै आगजनी र तोडफोडमा संलग्नमाथि कारवाही गर्न माग गर्नुभयो । नेता शाहले नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालय भवनमा गरिएको तोडफोड र आगजनीको समेत अवलोकन गर्नुभयो ।


अवलोकनका क्रममा नेता शाहका साथै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, कांग्रेस महासमिति सदस्य देवी कँडेल, कांग्रेस रुपन्देही जिल्ला सदस्य गोविन्द खनाल,  लगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय