LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
सपथ ग्रहण गर्नुहुँदै नव नियुक्त प्रदेश सभा सदस्य पासवान । तस्बिर : लुम्बिनी प्रदेशका सभामुखको सचिवालय

सपथ ग्रहण गर्नुहुँदै नव नियुक्त प्रदेश सभा सदस्य पासवान । तस्बिर : लुम्बिनी प्रदेशका सभामुखको सचिवालय

दाङ,१५ कात्तिक  । लुम्बिनी प्रदेश सभाले जनमत पार्टीका तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टीका  कार्यकारिणी सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उहाँलाई प्रदेश सभा सदस्यमा नियुक्त गर्नुभएको हो ।

यसैबिच, पासवानले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन आयोगले जनमत पार्टी नेपालको समानुपातिकतर्फको बन्द सूची–४ मा दलित क्लस्टरको १ नम्बरमा रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।

यसअघि आदिवासी जनजाति क्लस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो स्थान रिक्त बनेको थियो । जनमत पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशमा हाल ८७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय