LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
सपथ ग्रहण गर्नुहुँदै नव नियुक्त प्रदेश सभा सदस्य पासवान । तस्बिर : लुम्बिनी प्रदेशका सभामुखको सचिवालय

सपथ ग्रहण गर्नुहुँदै नव नियुक्त प्रदेश सभा सदस्य पासवान । तस्बिर : लुम्बिनी प्रदेशका सभामुखको सचिवालय

दाङ,१५ कात्तिक  । लुम्बिनी प्रदेश सभाले जनमत पार्टीका तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टीका  कार्यकारिणी सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उहाँलाई प्रदेश सभा सदस्यमा नियुक्त गर्नुभएको हो ।

यसैबिच, पासवानले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन आयोगले जनमत पार्टी नेपालको समानुपातिकतर्फको बन्द सूची–४ मा दलित क्लस्टरको १ नम्बरमा रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।

यसअघि आदिवासी जनजाति क्लस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो स्थान रिक्त बनेको थियो । जनमत पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशमा हाल ८७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय