LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

२०,कार्तिक, सैनामैना
सैनामैना, कञ्चन र गैडहवा गाउँपालिका क्षेत्रलाई आफ्नो कर्मथलो बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूको उपस्थितिमा बिहीबार गौतम बुद्ध प्रेस क्लब गठन गरिएको छ।

साझा टेलिभिजन एच डी का स्टेशन म्यानेजर थानेश्वर घिमिरे (नविन) को अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गरिएको हो । समितिको उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा अनिल पहाडी, सचिवमा अनिता चौधरी, कोषाध्यक्षमा नरेश चौधरी रहेका छन् । यस्तै सदस्यहरूमा दिनेश घिमिरे, गोबिन्द आचार्य, रमेश गैरे, रितु वौडेल चयन भएका छन् ।

क्लबको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार छवि पाण्डे, वरिष्ठ पत्रकार डिआर पन्थी र पत्रकार भुवन जी.सी रहेका छन्।
क्लबले आवाज विहीनहरूको आवाज बुलन्द रूपमा उठाउने, सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, मिडिया हाउसहरूको प्रवद्र्धन गर्ने तथा पत्रकार, सञ्चारकर्मी र मिडिया उद्यमीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।


त्यसैगरी क्लबले अग्रज पत्रकारलाई सम्मान गर्ने, नयाँ पत्रकारलाई अवसर र क्षमता अभिवृद्धिमा जोड दिने र व्यवसायिक तथा उत्तरदायी पत्रकारिताको सुदृढीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ।
कार्यक्रम वरिष्ठ पत्रकार छवि पाण्डेको अध्यक्षतामा सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय