LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

२०,कार्तिक, सैनामैना
सैनामैना, कञ्चन र गैडहवा गाउँपालिका क्षेत्रलाई आफ्नो कर्मथलो बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूको उपस्थितिमा बिहीबार गौतम बुद्ध प्रेस क्लब गठन गरिएको छ।

साझा टेलिभिजन एच डी का स्टेशन म्यानेजर थानेश्वर घिमिरे (नविन) को अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गरिएको हो । समितिको उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा अनिल पहाडी, सचिवमा अनिता चौधरी, कोषाध्यक्षमा नरेश चौधरी रहेका छन् । यस्तै सदस्यहरूमा दिनेश घिमिरे, गोबिन्द आचार्य, रमेश गैरे, रितु वौडेल चयन भएका छन् ।

क्लबको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार छवि पाण्डे, वरिष्ठ पत्रकार डिआर पन्थी र पत्रकार भुवन जी.सी रहेका छन्।
क्लबले आवाज विहीनहरूको आवाज बुलन्द रूपमा उठाउने, सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, मिडिया हाउसहरूको प्रवद्र्धन गर्ने तथा पत्रकार, सञ्चारकर्मी र मिडिया उद्यमीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।


त्यसैगरी क्लबले अग्रज पत्रकारलाई सम्मान गर्ने, नयाँ पत्रकारलाई अवसर र क्षमता अभिवृद्धिमा जोड दिने र व्यवसायिक तथा उत्तरदायी पत्रकारिताको सुदृढीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ।
कार्यक्रम वरिष्ठ पत्रकार छवि पाण्डेको अध्यक्षतामा सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय