LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलबस्तु ,
राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण भन्ने मूल नाराका साथ आगामी शुक्रवार देखि सुरु हुने ‘प्रथम कपिलवस्तु व्यापार मेला–२०८२’ को तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मेला आयोजक उद्योग व्यापार संघ कपिलवस्तुकाअध्यक्ष खिमानन्द पौडेलले मेलाका लागि ९० प्रतिशत भन्दा धेरै तयारी पुरा भएको बताए । ‘बाँकी गर्नु पर्ने तयारीका कार्य पनि रातभरीमा सकेर विहिवारसम्ममा पूर्ण तयारी गराइने जनाईएको छ । पौडेलले भने, ‘महोत्सवलाई पूर्ण सफल बनाउन सवै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेका छौं ।’ उनका अनुसार महोत्सवको उद्घाटन कसले गर्ने भन्ने खुलाएका छैनन् ।


महोत्सवको मुख्य प्रायोजक गाय छाप डिटरजेन्ट पाउडर रहेको छ । मंसिर १७ गतेसम्म सञ्चालन हुने उक्त मेलाको कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्ने मुख्य उद्देश्य रहेको जनाईएको छ ।

महोत्सव स्टल व्यवस्थापन समितिका संयोजक माधव भाट क्षेत्रीले महोत्सवमा स्टल राख्ने व्यवसायीको संख्या उत्साहजनक रहेको बताए । महोत्सवको बिशेष आकर्षण जलपरी, फिसटनेल, बालउद्यान र स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती छ ।

मेलाले यस क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा बृद्धि गराइ स्थानीय बस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण नबिन प्रबिधि र ओैद्योगिक उपकारणका वारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउन सहयोग गर्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय