LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने बताउनु भएको छ ।
शनिबार दाङको लमहीमा आयोजित प्रदेश स्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।
प्रचण्डले १५ वटा विभिन्न कम्युनिस्ट घटक र समूहहरू मिलेर बनेको नेकपा चुनाव जित्नका लागि मात्र नभई राष्ट्र र जनताको रक्षाका लागि गरिएको ऐतिहासिक सङ्कल्प भएको दाबी गर्नुभयो ।
प्रचण्डले लामो संघर्ष र बलिदानपछि संविधान सभाबाट संविधान जारी गरे पनि जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो – ’हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएको थिएन । हामी बिस्तारै कहाँ त्रुटि भयो, कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ ।’
उहाँले यो एकता सभालाई ’आत्मालोचना सभा’ र ’संकल्प सभा’ को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युवा पुस्ताको पछिल्लो आन्दोलनले नेतृत्वलाई गम्भीर रूपमा झकझक्याएको प्रचण्डले बताउनुभयो ।
उहाँले पछिल्लो ’जेनजी’ आन्दोलन वा नयाँ पुस्ताको आन्दोलनबाट जसरी हामी सबैलाई घच्घच्याउने काम भयो, हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस भयो भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय