LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नयाँ प्रशासनिक भवनको विहिवार एक समारोहका बीच शिलान्यास भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ लन्कापुरमा रहेको दुई बिघा जग्गामा २५ करोड रुपैया लगानीमा नयाँ प्रशासनिक भवन बनाउन विहिवार शिलान्यास भएको हो ।
भवन निर्माणको शिलान्यास गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाकी ले स्वर्गीय नगरप्रमुख सजरुद्दीन मुसलमानको दुईवटा सपना मध्ये एउटा सपना लुम्बिनीको फोहर व्यवस्थापनको काम पूरा भएको बताउनु भयो । उहाँले नगर प्रमुखको दोश्रो सपना नगरपालिकाको प्रशासनिक भवन आफ्नै कार्यकालमा बनाउने थियो भन्दै उहाँको यो सपना अव आफूहरुले पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नयाँ प्रशासनिक भवन दुई बर्षभित्रैमा सम्पन्न हुने र त्यसका लागि आर्थिक र प्रशासनिक कारणले कुनै समस्या आउन नदिने बताउनुभयो । उहाँले विगत लामो समयदेखि नगरको आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या भैरहेको उल्लेख गर्दै अवको दुई बर्षभित्रैमा नयाँ प्रशासनिक भवन निर्माण भएर तयार हुने र त्यसका लागि आफूहरुले निर्माण पक्षलाई सचेत र जागरुक बनाईने प्रतिवद्धता जनाउनु भयो ।

शिलान्यास कार्यक्रममा स्वर्गीय नगर प्रमुख सजरुद्दीन मुसलमानलाई सम्झिदै नगरपालिकाका प्रवक्ता इना मुल्लाहा फकिरले मेयर साबको सपना आफ्नै प्रशासनिक भवन बनाउने थियो, त्यो सपना अव पूरा हुन लागेको बताउनुभयो । उहाँले अव आउने पुस्ताले स्वर्गीय नगरप्रमुख मुसलमानको योगदानलाई कहिल्यै नबिर्सिने भन्दै नयाँ प्रशासनिक भवन र जग्गा प्राप्तिका लागि नगरपालिकाका कर्मचारीहरुको समेत ठूलो भूमिका रहेको बताउनुभयो ।

भवन निर्माणका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा संघीय सरकारको ७५ प्रतिशत, नगर विकास कोषको १८ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । भवन निर्माणका लागि बाबुल एनबी जेभीले ठेक्का पाएको छ ।
प्रशासनिक भवन निर्माणको सम्झौता २०८२ असोज २४ गते भएको थियो । निर्माण कम्पनीले आगामी २०८४ असोज २३ गते भवन निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ । कार्यक्रममा सहायक शिक्षा अधिकृत प्रमिला पछाई, वडा नंं ३ का वडा अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय