LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाली कांग्रेस लुम्बिनी नगर कार्यसमितिको बैठकले विभिन्न निर्णय गरेको छ ।
कांग्रेस नगर कार्यसमितिका कार्यबाहक सभापति राधेश्याम गुप्ताको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रजातान्त्रिक महासंघको लुम्बिनी नगर स्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

नेपाल प्रजातान्त्रिक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराज ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले राजु धवलको सभापतित्वमा नेपाल लोकतान्त्रिक महासंघ लुम्बिनी नगर समिति गठन गर्ने निर्णय गरेको हो । जसको उपाध्यक्ष द्वयमा अगेभकुमार पाण्डे, इन्द्रावती थारु, सचिवमा अनिल घर्ती मगर, सहसचिवमा रामबिलास यादव र कोषाध्यक्षमा श्यामसुन्दर नायक रहनु भएको छ ।

साथै बैठकले उक्त समितिमा ३१ प्रतिशत महिला प्रतिनिधित्व हुनेगरी ३१ सदस्यीय नगर कार्यसमिति विस्तार गर्ने निर्णय गरेको जनाइएको छ । नगर कार्यसमितिको बैठकमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ का क्षेत्रीय सभापति बसीउल्लाह मुसलमान, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, कांग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई, गुनाखर चालिसे, अशोककुमार गोस्वामी, कांग्रेस नगर सचिब राजन उपाध्याय लगायतको उपस्थिति रहेको थियो । यसैगरी नेपाल प्रजातान्त्रिक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराज ज्ञवालीले लुम्बिनी नगरसमितिका सभापति राजु धवललाई नेपाल प्रजातान्त्रिक महासंघको लुम्बिनी नगर अध्यक्षमा मनोनयन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय