LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, मंसिर २४ । अरुलाई सुशासन र अनुशासनको पाठ सिकाउनेहरुले नै नक्कली हस्ताक्षर प्रयोग गरि उम्मेदवार सिफारिस भन्दै जिल्ला र प्रदेश पार्टी कार्यालयमा नाम पठाएको खुलेको छ ।
अनुशासनको कारवाहीमा परेको व्यक्तिले कांग्रेस पार्टीमा कुनैपनि प्रकारको निर्णय प्रकृयामा भाग लिन र सिफारिस गर्न पाउँदैन तर केही असन्तुष्ट पक्षलाई भेला गरि जिल्ला र प्रदेश पार्टी कार्यालयमा नाम पठाएको पाइएको छ ।
वि।सं। २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका उमेदवारलाई पराजित गराउन पर्दा पछाडी भूमिका खेलेको आरोपमा पार्टी कारवाहीमा परेका विष्णु पोखरेलले अहिले फेरी नक्कली हस्ताक्षर प्रयोग गरि उम्मेदवारको नाम जिल्ला र प्रदेश पार्टी कार्यालयमा पठाएको पोल खुलेको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदबाटै निष्कासनमा परेका बिष्णु पोखरेलले नेपालमा नै नभएका कांग्रेसका केही प्रतिनिधिहरुको नक्कली हस्ताक्षर गरि रुपन्देही क्षेत्र नंं ५ बाट प्रतिनिधि सभा तथा समानुपातिकमा नाम पठाएको देखिएको हो ।
पोखरेलले पठाएको हस्ताक्षर भएको नामका केही कांग्रेस प्रतिनिधि अहिले नेपाल बाहिर छन । केही प्रतिनिधिले आफूहरु भेलामा नगएको बताएका छन भने कांग्रेस क्षेत्र नं। ५ का क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले केही महिना अघि राजीनामा दिएका थिए ।
पार्टीबाटै राजीनामा दिएका कृष्णप्रसाद शर्माको नाममा समेत हस्ताक्षरको दुरुपयोग भएको छ । जबकी राजीनामा दिएको व्यक्ति पार्टीको कुनैपनि भूमिका र निर्णयमा सहभागी हुन नैतिकताले समेत मिल्दैन । हस्ताक्षर गरिएको कागजमा कमल भुसालको समेत नाम छ जबकी उनी समेत बिष्णु पोखरेलसंगै कारवाहीमा गरेका हुन ।
असन्तुष्ट पक्षको भेलामा सहभागी भएकाहरुले समेत आफूहरुलाई भेलामा आउन भनिएकोले गएको र उक्त भेलाले गरेको निर्णय आफूहरुलाई मान्य नभएको र हस्ताक्षर समेत नगरेको प्रतिकृया दिएका छन ।
नेपाली कांग्रेस क्षेत्र नंं। ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले प्रतिनिधि सभा र समानुपातिकतर्फ उमेदवार सिफारिस गर्न बसेको बैठकमा ८० मध्ये ७१ जना प्रतिनिधि उपस्थित भएको र भरतकुमार शाहको नाम मात्र एकलरुपमा प्रस्तावको रुपमा आएकोमा कोही कसैको विरोध नभएकोेले सर्वसम्मत रुपमा सिफारिस भएको बताउनुभयो ।
यसैगरी समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान, मामकला थापा, तथा राष्ट्रियसभाका लागि सूर्यमति उपाध्याय, शेषमन यादव र नारायण पन्तको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्व सांसद फकरुद्दीन खानले बैठकमा प्रतिनिधि सभा सदस्यका लागि भरतकुमार शाहको नाम मात्रै प्रस्तावका रुपमा आएकोले उहाँको नाम सर्वसम्मत सिफारिस भएको बताउनुभयो ।
नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णु पोखरेल यसअघि पार्टी अनुशासन विपरित काम गरेपछि पार्टीले निष्कासन गरेकोले उहाँलाई बैठकमा नबोलाईएको बताउनुभयो ।
कारवाहीमा परेको व्यक्तिलाई कसरी बैठकमा बोलाउने भन्दै उहाँले पार्टीको अनुशासन पालना गर्नु सवैको दायित्व र कर्तब्य रहेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसले विष्णु पोखरेललाई गत निर्वाचनमा पार्टीका आधिकारीक उमेदवारलाई नसघाएको भन्दै कारवाहीका लागि पार्टीमा निवेदन परेपछि लुम्बिनी प्रदेशको सदस्य पदबाट निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय