LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैना नगरपालिका ४ मा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख तथा सहकारीका सल्लाहकार फणेन्द्रप्रसाद शर्माले सहकारीले यस क्षेत्रको आर्थिक बिकासमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा पनि सहकारीले प्रगती र उन्नती गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले २०४६ पछि मुलुकमा सहकारी अभियान नै चलेको बताउँदै अभियानकै कारण सहकारीहरु विस्तार भएको र त्यसबाट बचतकर्ताको जीवनमा परिवर्तन आएको बताउनुभयो ।

नगर प्रमुख शर्माले विगत ३५ बर्षको बीचमा मुलुकमा हजारौं सहकारी स्थापना भएको र सहकारीमा आवद्ध नागरिकको जीवनमा यी सहकारीले टेवा पु¥याएको उल्लेख गर्दै सहकारीकै कारण जनता विकाससंग जोडिन सफल भएको र त्यसबाट जनताको जीवनस्तर माथि उठाउन सहयोग पुगेको उल्लेख गर्नुभयो ।

बार्षिक साधारण सभाको अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य चित्रबहादुर केसी, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी र सहकारीका पूर्व अध्यक्ष लोकनाथ अधिकारीले सहकारी स्थापनाको छोटो समयमा चौतारी सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको भन्दै आगामी दिनमा पनि सहकारीको उत्कृष्ट कार्यका लागि शुभकामना दिनुभएको थियो ।

 

साधारण सभाको अवसरमा महिला र पुरुष गरि दुईजना ज्येष्ठ सदस्य, एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका दुई विद्यार्थी, चिकित्सा शिक्षा अध्ययनमा नाम निकाल्ने तीन जना शेयर सदस्यका छोराछोरीलाई सम्मानित गरिएको थियो । त्यसैगरी असल ऋणी र असल बचतकर्तालाई समेत साधारण सभाको अवसरमा सम्मान गरिएको थियो ।

चौतारी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्रा शर्माको अध्यक्षतामा भएको साधारण सभाको संचालन सहकारीका सचिव चिन्तामणि भुसालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष संगीता अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय