LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना नगरपालिकाको आयोजनामा विपद जोखिम न्यूनिकरण तथा पूर्व सूचना प्रणाली सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकाका वडा सचिव, पत्रकार र नगर प्रहरीका लागि आयोजना गरिएको अभिमुखीकरणमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा बिपद न्यूनीकरणका कार्यक्रम गर्दै आएको बताउँदै प्राकृतिक विपदजन्य बाढी पहिरो, भुकम्प, आगलागी लगायतका घटना न्यूनीकरण गर्नका लागि सूचना सम्प्रेषण कसरी गर्दा अझै बढी प्रभावकारी हुन सक्छ भन्ने विषयमा संचारकर्मीहरुसंग छलफल गरिएको बताउनुभयो । उहाँले सैनामैनामा विपद सूचना प्रणालीलाई छिटो छरितोरुपमा जनस्तरसम्म पु¥याउन साईरन समेत जडान गरिएको र केही स्थानमा जडान गर्ने काम भैरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक अग्नी खरेल, नेपाल रेडक्रस सुपर परियोजनाका रुपन्देही जिल्ला अधिकृत कृष्ण मल्ल तथा पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवद्र्धन परियोजना अधिकृत डिल्लीराज जोशीले अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी सैनामैना नगरपालिकाको मुर्गिायाको पर्रोहा माध्यमिक बिद्यालयको खेल मैदानमा विहिवार पालिकास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना हुँदैछ । उक्त अभ्यासको पूर्व सन्ध्यामा बुधबार नगर बिपत ब्यबस्थापन समितिलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो अभिमुखिकरण कार्यक्रममा विपद सम्वन्धि अभ्यास कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय